१८ आषाढ २०७९, शनिबार
Tags

जोगवनी बाट नेपाल ल्याउन लागेको दुई कार्टुन लागुऔषध पक्राउ

राजेश कुमार शर्मा शनिबार, चैत्र ०५, २०७८

बिराटनगर / भारतको जोगबनी बाट नेपाल ल्याउन लागेको २ सय ६३ बोतल लागुऔषध डाईलेकस डिसी सीमा सुरक्षा बल एसएसबीको टोलीले पक्राउ गरी नियन्त्रणमा लिएर कार्वाही प्रक्रिया अगाडि बढाएको छ ।

सीमा सुरक्षा बल एसएसबीको ५६ औं बाहिनी जोगबनीको गस्ती टोलीले भारत बाट दुई वटा कार्टुनमा हाली विहान ७ बजेको समयमा विहीवार नेपाल ल्याउन खोजेको लागुऔषध चेक जाँचकाे क्रममा सीमा स्तम्भ नं १७९/२ नजिक बाट फेला पारेको एसएसबी जोगबनी प्रमुख इन्स्पेक्टर जीडी प्रवीण कुमार सिंहले बताए ।

पक्राउ परेको उक्त लागु आवश्यक कारवाही प्रक्रियाको लागि पुलिस स्टेशन जोगबनीलाई जिम्मा लगाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्