०८ बैशाख २०८१, शनिबार
Tags

प्रकृतीमा संतुलनको लागि नेपाल भारत मैत्री वृक्षारोपण कार्यक्रम

रणभूमी डेस्क बुधबार, चैत्र ०९, २०७८

जनकपुर/ चैत्र ९, पृथ्वीमा रहेका हरेक जिवजन्तु, हाबा, पानी, माटोको बिचमा संतुलन बनाइ राख्न रुख विरुवा वनस्पती र वनले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । रुख विरुवा बिना मानब जिवनको कल्पना पनि गर्न सकिन्न । यसैलाई मध्यनजर गर्दै सन २०१३ देखि हरेक अन्तर्राष्ट्रिय वन दिवस मनाउने गरिन्छ ।

यसैक्रममा वन निर्देशनालय, मधेश प्रदेश, जनकपुरधामको आयोजना र जनकपुरधाम वन प्राबिधिक समाज, मिथिला वाइल्ड लाइफ ट्रस्ट, डिभिजन वन कार्यालय महोत्तरी र पिपल, नीम तुलसी अभियान भारतको सह आयोजनामा नेपाल भारत अन्तर्राष्ट्रिय सिमाना महोत्तरीको भिट्ठामोड नाकामा नेपाल भारतका बिभिन्न पदाधिकारी तथा पर्यावरण अभियन्ताहरुको उपस्थितिमा नेपाल भारत मैत्री वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।जलेश्वर भन्सार कार्यालय देखि दशगजासम्म सडकको दुवै तर्फ बर, पिपल, पाखर, गुल्लर, समी र नीमका गरी 16 गोटा विरुवाहरु रोपण गरिएको छ ।

वृक्षारोपण कार्यक्रम अघि भएको छोटो छलफल तथा शुभकामना आदानप्रदान कार्यक्रम वन निर्देशनालयका निर्देशक जगरनाथ प्रसाद जायसवाल को अध्यक्षता वनबिज्ञ गणेश राई को प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । सुरेश शर्माले संचालन गरेको हो कार्यक्रममा सहभागी महानुभावहरुलाई जे.एफ.एसका अध्यक्ष राम स्वार्थ साह ले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको बारेमा डीएफओ बिनोद सिंह ले जानकारी गराउनुभयो । नेपाल र भारतका अधिकांश बक्ताहरुले वन, वनस्पती, वातावरण र जैविक विविधताको संरक्षण तथा महत्वबारे प्रकाश पार्दै हालको अवस्थामा वन संरक्षण प्रती जनतालाई जागरुक बनाउन आवश्यक रहेको बताए । बिगत ३० बर्ष देखि नर्सरीमा विरुवा उत्पादन र संरक्षणमा तन्मय देखि काम गर्ने नर्सरी नाइके जोगी यादव र भारतका प्रख्यात पर्यावरण अभियन्ता धर्मेंद्र कुमार लाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ‌। कार्यक्रममा भाइजी अमरचन्द्र अनिल , सुनील कर्ण, मंजूर अहमद, बिपिन ठाकुर, सहायक प्र.जि.अ.महोत्तरी, प्रहरी उपरीक्षक द्वय नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान अभिनव सिंह सशस्त्र प्रहरी बल, चेम्बर अफ कमर्स मधेस प्रदेशको अध्यक्ष पवन ठाकुर, पत्रकार तथा साहित्यकार सुजीत झा, पर्यावरण संरक्षण अभियानका अभियन्ताहरु देव नारायण मंडल, धर्मेंद्र कुमार, मिश्रा सुदीप, विक्रम यादव, मन्त्रालय तथा वन कार्यालयका कर्मचारी साथीहरु र भारतका अभियानी मित्रहरूको अतिरिक्त वडाध्यक्ष संजय पाण्डे समेत स्थानीयहरुको उत्साहजनक सहयोग र सहभागिता रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्