१४ बैशाख २०८१, शुक्रबार
Tags

महिला र बच्चा अपहरणमा प्रयोग भएको गाडी सीमा प्रहरी चौकी रानीको नियन्त्रणमा

रणभूमी डेस्क बुधबार, चैत्र ०९, २०७८

विराटनगर / चैत्र ९, मान्छे अपहरण गर्न प्रयोग भएको भारतीय नम्बर गाडी सीमा प्रहरी चौकी रानीले आज साँझ फेला पारी नियन्त्रणमा लिएको छ ।

२०७८ श्रावण २२ गते मान्छे अपहरण गर्न प्रयोग गरिएको बि आर ३८ ई ४२८७ नम्बरको भारतीय स्कोर्पियो गाडी सिमा प्रहरी चौकी रानिले फेला पारी नियन्त्रणमा लिएको हो ।

रानी भन्सार नाका नजिकै नेपाल बाट भारत जान लागेको बेलामा गाडी सिमा प्रहरी चौकी रानीबाट प्रहरी नायब निरीक्षक दिल्ली देवकोटा सहितको प्रहरी टोलीले उक्त गाडी फेला पारी नियन्त्रणमा लिएको थियो ।

सई देवकोटाको अनूसार यहि स्करपियो गाडी प्रयोग गरि श्रावण २२ गते मोरङ जिल्ला विराटनगर महानगरपालिका वडा नम्बर १५ जुटमिल गेट बस्ने अमित साहको २५ वर्षीय श्रीमती फिजा फरिन साह र उनकै १ वर्ष १ महिनाकी छोरी इशिका साहको अपहरण गरिएको थियो । अपहरण गरिएको बारे फिजा फरिनको श्रीमान अमित साहले जिल्ला प्रहरी कार्यालय मोरङ र जिल्ला प्रशासन कार्यालय मोरङमा जाहेरी समेत दिएका थिए । गाडी फेला परे पनि चालक भाग्न सफल भएको प्रहरीले बताए ।

अपहरणमा प्रयोग भएको गाडी नेपाल भित्र बाट भारत जान लागेको सूचना प्राप्त भए पछि निगरानी गरी टोली लिएर बसेका प्रनानि देवकोटा सहितको टोलिले भन्सार कार्यालयको १ नं. ढाट रोक्न खोज्दा चालक गाडीबाट नजिकै रहेको भारत तर्फ हाम फालेर भाग्न सफल भएका थिए ।

अपहरणमा परेको दुबै जना भने अहिले सम्म फेला पर्न सकेको छैन ।

यहाँ कमेन्ट गर्नुहोस्