१६ चैत्र २०८०, शुक्रबार
Tags

भारत तर्फ तस्करी हुन लागेको अढाई लाख बराबरको मदिरा बिओपी जहदा भुटाहाले गरे नष्ट

रणभूमी डेस्क बुधबार, चैत्र ०९, २०७८

विराटनगर / चैत्र ९, नेपाल बाट गाउँको बाटो हुँदै भारतको बिहारमा प्रतिबंधित नेपाली मदिरा मोटरसाईकलमा हाली भारत तर्फ लैजाँदै गरेकाे अवस्थामा सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट जहदा भुटाहाको गस्ती टोलिले विराटनगर – १८ भेडीयारी बाट पक्राउ गरी नष्ट गरेका छन् ।

सशस्त्र प्रहरीले बरामद गरेको मदिरा २ लाख ५० हजार मुल्य बराबरको रहेको सशस्त्र प्रहरी बल नेपाल नं ३ गण टंकी प्रमुख स.प्र.उ. राज कुमार लामिछानेले बताए । अवैध रूपमा वैकल्पिक बाटो प्रयोग गरी उमङ्ग नामको मदिरा बिओपी जहदा भुटाहा बाट सप्रनी जंग बहादुर सिंह सहितको गस्ती टोलिले चेक जाँचको क्रममा दुई वटा मोटरसाइकल बाट बरामद गरेकाे थियाे । नेपालमा खुला भए पनि भारतको बिहार राज्यमा प्रतिबंधित भएको हुनाले नेपाली सीमामा मदिरा बिक्री वितरण तथा ओसार पोसारमा कडाई गरिएको छ ।

सशस्त्र प्रहरीले मदिरा बोकेको दुई वटै भारतीय नम्बर प्लेटको मोटसाइकल पनि नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि भन्सार दाखिला गरेका छन् भने स्थानिय र जनप्रतिनिधिहरूको रोहवरमा खाल्डो खनी बोतल खोलेर बगाई नष्ट गरेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्