१४ बैशाख २०८१, शुक्रबार
Tags

चुनावलाई लक्षित गरेर वैश्य समुदायबाट केही मांगहरु प्रस्ताव

रणभूमी डेस्क शुक्रबार, चैत्र ११, २०७८

विराटनगर / आउँदो निर्वाचनलाई लक्षित गरी वैश्य समुदायको जनसंख्याकाे आधारमा राजनितिक आरक्षण हुनुपर्छ भनी शंकर प्रसाद रौनियारको अध्यक्षतामा १ साय एक जना वैश्य समुदायको सदस्य सहित बनाएको संघर्ष समितिले पत्रकार सम्मेलन गरी आफ्ना मांगहरु सार्वजनिक गरेका छन् ।

वैश्य समाज उत्थान संघर्ष समितिले वैश्य समुदायको आत्मसम्मान र प्रतिष्ठाको लागि राजनीतिक तथा देशको सम्पूर्ण अंगहरुमा पहुँचको लागि आरक्षण गराउने । शिक्षामा छात्रवृत्तिको लागि पहल गर्ने, सरकारी जागीर पदोन्नतिको लागि कोटा व्यवस्था मिलाउने । वैश्य आयोग गठन गर्ने । वैश्य समुदायको जनसंख्याको आधारमा आरक्षण, कोटा, संरक्षणको व्यवस्था गर्ने राजनीतिक दलहरु पहल गराउने जस्ता प्रस्तावहरु अगाडी सारेर बुधवार पत्रकार सम्मेलन गरेको छ ।

समितिले राजिनिक दलको प्रतिनीधिहरु सँग छलफल र प्रस्ताव बुझाउन शुक्रवार रामजानकी सेवा सदनमा भेला समेत राखिएको गराए समितिका सचिव अमृत साहले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्