१५ चैत्र २०८०, बिहिबार
Tags

नेपाल वैश्य सेवा संघको पहलमा ७६ वर्षीय रौनियारको सफल उपचार

रणभूमी डेस्क शुक्रबार, चैत्र ११, २०७८

विराटनगर / ७६ वर्षीय जेष्ठ नागरिक अचानक बिरामी भएर अस्पताल पुर्याउँदा कोशी र नोबेल अस्पतालले भर्ना लिन नमानेपछि नेपाल वैश्य सेवा संघको पहलमा म्याक्स अस्पतालमा भर्ना गराई दुई वटा शल्यक्रिया गरी ज्यान जोगाउन सफल भएको छ ।

विराटनगर – ६ केसलिया रोड बस्ने वर्ष ७६ को राम चन्द्र रौनियारलाई राती अचानक पेट दुखेपछि परिवारको व्यक्तिहरुले तत्कालमा उपचार गर्न कोशी अस्पताल पुर्यइएका थिए । बिरामीको अवस्था गम्भिर देखेपछि कोशी अस्पतालका चिकित्सकहरुले नोबेल अस्पताल पठाएको थियो । नोबेल अस्पतालले पनि विरामीको अवस्था गम्भीर छ केही भन्न सकिँदैन भनेपछि बिरामीको बारेमा थाहा पाउने बित्तिकै नेपाल वैश्य सेवा संघ अध्यक्ष गणेश साह तथा कार्यकारिणी सदस्य शिव नारायण गुप्ताले तत्काल बिरामीको अवस्था बारे जानकारी पाउना साथ बिरामी रौनियार लाई साथमा लिएर बिराटनगर महेन्द्र चौकमा रहेको म्याक्स हस्पिटल एण्ड ट्रमा केयर सेन्टर सँग सहकार्य गरी संघकै तर्फबाट उपचार सफल उपचार भएको बिरामीको श्रीमती सरस्वती देवी साह रौनियारले बताए । बिरामी रौनियार हाईड्रोसिल र हर्नियाको समस्या बाट पीडित थिए ।

संघको पहलमा म्याक्स इन्टरनेशनल ट्रमाकेयर सेन्टर हस्पिटलको आर्थिक प्रशासन शाखा अधिकृत सुधिर कुमार कर्णको सहियोगामा तत्काल ३ जना डाक्टरहरु रविन्द्र तामाङ, डा. विशाल अग्रवाल र डा. आयुषमणी रुद्रभाले शून्य शुल्कमा (रकम डिपोजिट नगरी) रातिको ११ बजे २ वटा सल्यक्रिया गरेको थियो ।

बिरामी उपचारमा सल्यक्रिया तथा औषधी सहितको लाग्ने शुल्क करिब दुई लाख भन्दा बढी निस्किने हुँदा अस्पताल प्रशासनले केही रकम सहुलियत गरी बाकी रकम वैश्य सेवा संघले तिर्ने संघका अध्यक्ष तथा अभियान्ता गणेश साहले बताए । अहिले बिरामीको अबस्थामा ९५ प्रतिशत सुधार आईसकेको डाक्टरहरूको भनाई छ ।

यहाँ कमेन्ट गर्नुहोस्