११ बैशाख २०८१, मंगलबार
Tags

अवैध रूपमा नेपाल ल्याईएको बोईलर कुखुरा नष्ट

रणभूमी डेस्क सोमबार, चैत्र १४, २०७८

विराटनगर / भारत बाट अवैध रूपमा भन्सार छली पैठारी गरी ल्याईएको बोईलर कुखुराहरु सशस्त्र प्रहरीको टोलीले पक्राउ गरी नष्ट गरेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट रानी बाट सप्रनी प्रभात गौतम सहितको गस्ती टोलिले भारतको जोगबनी बाट बिराटनगर १६ स्थित दरैय बस्तीको बाटो भएर नेपाल ल्याउँदै गरेकाे अन्दाजी एक साय किलो बराबरको ४० थान बोईलर कुखुराहरु पक्राउ गरी आईतवार नष्ट गरेका हुन् ।

क्षेत्रिय पशु क्वारेन्टाइन कार्यालय रानीको निगरानीमा स्थानिय तथा पत्रकारको रोहवरमा विओपी परिसर भित्रै ८ फिट गहिरो खाल्डो खानी कुखुराहरुलाई गाडेर नष्ट गरिएको हो ।

यहाँ कमेन्ट गर्नुहोस्