०७ बैशाख २०८१, शुक्रबार
Tags

चैत्र २५ देखि बैशाख १८ सम्म १५ वर्ष उमेर समूहका सवैलाई टाइफाइड विरुद्धको खोप लगाईने

रणभूमी डेस्क सोमबार, चैत्र २१, २०७८

विराटनगर / पाँचवर्षमुनीका २ लाख ४७ हजार ५२२ र ५-१५ वर्ष उमेर समूहका ९ लाख ९० हजार ८६५ बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप लगाईने भएको छ ।

आगामी चैत २५ गतेदेखि २०७९ बैशाख १८ गतेसम्म १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाईने स्वास्थ्य निर्देशानालय धनकुटाकाले एक कार्यक्रम गरी बताएकाे हो ।

निर्देशानालय धनकुटाका निर्देशक ज्ञानबहादुर खड्काका अनुसार प्रदेश १ मा पाँचवर्षमुनीका २ लाख ४७ हजार ५२२ र ५-१५ वर्ष उमेर समूहका ९ लाख ९० हजार ८६५ बालबालिकालाई खोप लगाईने छ । प्रदेशका १३७ स्थानीय तहमा ९ हजार ६७८ खोप केन्द्रमा स्वास्थ्यकर्मीहरु परिचालन गरिने निर्देशक खड्काले जानकारी दिनुभयो ।

सरकारी तथ्यांकमा पछिल्लो पाँचवर्षको अवधीमा नेपालमा ४ लाख ५० हजार बालबालिका टाईफाइड रोगका कारण बिरामी परेका छन् । बालबालिकालाई जोखिमबाट जोगाउन नेपालका ७५ लाख डोज टाइफाइड विरुद्धको खोप लगाउन लागिएको हो ।

टाइफाइड दुषित पानी र खानेकुराबाट संक्रमण हुने रोग मानिएको छ । प्रदेशका सबै बालबालिलाई खोप सेवामा सहभागी गराउन वडा तहसम्म खोप समन्वय समिति गठन गरिएको निर्देशक खड्काले जानकारी दिनुभयो । हालसम्म सबै जिल्लामा खोप पुगिसकेकोले चैत २५ गते विराटनगरमा बृहत कार्यक्रमको आयोजना गरेर अभियानको शुभारम्भ गरिने छ ।

यहाँ कमेन्ट गर्नुहोस्