१५ चैत्र २०८०, बिहिबार
Tags

अम्बे मुरारी सेवा केन्द्रको १० दिने शिपमुलक हस्तकला तालिम सम्पन्न

उषा सरदार मंगलबार, चैत्र २२, २०७८

बिराटनगर / महिलाहरुलाई लक्ष्यित गर्दै सनपाटको सुतलिबाट विभिन्न हस्तकलाका समान बनाउने १० दिने शिपमुलक तालिम सम्पन्न भएको छ।

बिराटनगर महानगरपालिकाको सहयोग र अम्बे मुरारी सेवा केन्द्र बिराटनगर ८ को आयोजनामा चैत १२ गते देखि २२ गते सम्म बिराटनगर ८ हाटखोलामा संचालन भएको थियो। बिराटनगर महानगरपालिका वडा नम्बर ८ का अति बिपन्न ,पिछडा वर्ग र गरिब महिलाहरुलाई लक्ष्यित गर्दै आर्थिक रुपमा आत्मनिर्भर बनाउने उदेश्यले बिराटनगरमै पहिलो चोटि सनपाटको सुतलीबाट हस्तकलाका सामान निर्माण गर्ने उदेश्यले शिपमुलक तालिमको आयोजना गरेको अम्बे मुरारी सेवा केन्द्रकि संस्थापक अध्यक्ष भारती पोखरेल उपाध्ययाले बताउनु भयो।

भारती पोखरेल उपाध्याय संस्थापक अध्यक्ष ,अम्बे मुरारी सेवा केन्द्र महिला लक्ष्यित १० दिने शिपमुलक हस्तकला तालिममा बिराटनगर ८ भरिका १९ जना महिलाको सहभागिता रहेको थियो भने साना घरेलु तथा महिला बिभाग मोरङ्ग अध्यक्ष सुनिता छाराहाङ्गले महिलाहरुलाई उक्त हस्तकलाका सामान बनाउन प्रशिक्षण दिनु भएको थियो । सहभागीहरुले तालिम अवधी भरी सनपाटको सुतलीबाट विभिन्न किसिमका वालहेङ्गर,टिपट,फुटमेट लगायतका समान बनाउन सिकेका छ्न। तालिमको समापन कार्यक्रममा प्रमुख अतिथी समाज सेबि मिना जोशी, बिशिस्ट अतिथी बिराटनगर महानगरपालिकाका सामाजिक बिकास शाखा प्रमुख पुनम दाहाल, अम्बे मुरारी सेवा केन्द्रकी अध्यक्ष युवा भण्डारी लगायतले तालिमका सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्नु भएको थियो।

यहाँ कमेन्ट गर्नुहोस्