रणभूमी सम्वाददाता सोमबार, भाद्र ०१, २०८३
विराटनगर / विराटनगर महानगरपालिका–१५, रानी सिकियाहीस्थित रानी आँखा अस्पताल छेउमा रहेको हनुमान मन्दिरमा नागपञ्चमीको अवसरमा विशेष धार्मिक कार्यक्रम आयोजना गरिएको छ।
नागपञ्चमीको दिन बिहानैदेखि मन्दिर परिसरमा भक्तजनको चहलपहल बढेको थियो। मन्दिरमा भजन–कीर्तन, पूजा–आराधनासँगै भक्तजनलाई प्रसाद वितरण तथा भण्डारा कार्यक्रमसमेत गरिएको थियो।
धार्मिक आस्था र परम्परालाई निरन्तरता दिने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा स्थानीयवासी तथा भक्तजनको उत्साहजनक सहभागिता रहेको थियो। बिहानैदेखि मन्दिरमा भजन–कीर्तनको माहोल बनेपछि आसपासको क्षेत्रसमेत भक्तिमय बनेको थियो।
स्थानीयका अनुसार नागपञ्चमीको धार्मिक महत्वलाई आत्मसात् गर्दै भक्तजनलाई प्रसाद तथा भोजन वितरण गरिएको हो। कार्यक्रममा सहभागी भक्तजनले पूजा–आराधनासँगै भण्डारामा प्रसाद ग्रहण गरेका थिए।
नागपञ्चमीका अवसरमा मन्दिरमा आयोजना गरिएको धार्मिक कार्यक्रमले स्थानीय समुदायबीच धार्मिक तथा सामाजिक सद्भाव कायम गर्नसमेत योगदान पुर्याएको सहभागीहरूको भनाइ छ।