१२ बैशाख २०८१, बुधबार
Tags

‘रमपम ट्रेड एक्सपो’ ५ दिनमा १० करोडको कारोवार

रणभूमी डेस्क बुधबार, चैत्र २३, २०७८

विराटनगर / ३ करोड रुपैयाँ खर्च गरेर आयोजना गरेएको रमपम ट्रेड एक्स्पोमा आज सम्म ५ दिनमा १० करोडको कारोबार भएको छ ।

मेला संयोजक विकाश बेगवानीका अनुसार एक्सपोमा ४० हजार बढी दर्शकहरुले मेला अवलोकन गर्नुका साथै मेलाको स्टलहरुमा निश्चित तथ्यांक संकलन नगरेपनि १० करोड बढीको कारोबार भईसकेको बताए । मेलामा रहेका स्टलबाट ४ वटा कार, जेनेरेटर तथा दर्जनौ इलेक्ट्रिक साइकलहरुको विक्री भएको छ बताए ।

गर्मी मौसम भएका कारण ट्रेड एक्सपो मेलामा एक तर्फको स्टलहरुमा ८० वटा एसी तथा ६० वटा कुलर जडान गरेका छन् भने १ साय ६ वटा सामान्य स्टलहरु राखिएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित