०७ बैशाख २०८१, शुक्रबार
Tags

विराटनगरमा पाँचदिने १००८ पार्थिव शिवलिङ शिवलिङ पूजन र शिव महापुराण पाठ सुरु

Maithilionline.net बुधबार, चैत्र २३, २०७८

विराटनगर / विराटनगरमा आजबाट पाँचदिने १ हजार ८ पार्थिव शिवलिङ पूजा शुरु भएको छ ।

विराटनगर ८ बलुवाहीस्थित श्री स्वस्थानेश्वर महादेव मन्दिर परिसरमा पाँचदिने पार्थिव शिवलिङ पूजन र शिव महापुराण पाठ पारायण शुरु भएको हो । सो अवसरमा पुजाको पहिलोदिन झांकी सहितको कलशयात्रा निकालिएको छ । बलुवाहीस्थित मन्दिर परिसरबाट शुरु भएको कलशयात्राको विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले शुभारभ्म गर्नुभयो ।

भगवान शिव परिवारको झाँकी सहित निकालिएको कलशयात्राले मधुमाराको अष्टचिरंजिवी मन्दिर,न्यूरो अस्पताल,ट्राफिकचोक,चुलाचुली मार्ग,शनिमन्दिरबाट मेनरोड हुँदै नगरक्षेत्रको विभिन्न भागको परिक्रमागर्दै फेरी मधुमारा,बलुवाहीस्थित मन्दिर परिसरमा समापन भएको थियो ।

विश्वशान्ति तथा कल्याणको कामना सहित पाँचदिने धार्मिक कार्यक्रम आयोजना गरिएको स्वस्थानेश्वर महादेव मन्दिरका मुख्य पुजारी पुष्पराज पोखरेलले बताउनुभयो । पार्थिव पुजाकानिम्ति १ हजार ८ वटा माटाका शिवलिङ निर्माणगरि मन्दिर परिसरमा स्थापना गरिएको छ ।

पाँचदिनसम्म धार्मिक विधिविधान अनुसार ती पार्थिव शिवलिङहरु पुजापाठ गरिनुका साथै शिव महापुराण कथा वाचन,लाखबत्ती प्रज्वलन र भजन किर्तन लगायतका कार्यक्रम समेत आयोजना गरिएको आयोजक समितिका सदस्य राजन रायले जानकारी दिनुभयो ।

शिव शिष्य उत्थान समिति,विराटनगर–८ को आयोजनामा कार्यक्रम आयोजना गरिएको हो ।
Maithilionline.net बाट

यहाँ कमेन्ट गर्नुहोस्