१३ बैशाख २०८१, बिहिबार
Tags

सिरुवाको दिन विराटनगरमा भव्य मैथिली कार्यक्रम हुने

रणभूमी डेस्क बिहिबार, चैत्र २४, २०७८

विराटनगर / २०७९ सालको नवबर्षको दिन बैशाख १ गते विराटनगरमा भब्य मैथिली सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ ।

मैथिली भाषा,कला–संस्कृति र पहिरन प्रर्बधनगर्ने उद्धेश्यसहित कार्यक्रम आयोजनागर्न लागिएको हो । मिथिलेश्वरी मिडिया प्रालि र विराटनगर १ यूवा समुहको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो । विराटनगरको पोखरिया, बिजयपुर टोलको बगैचा पुर्व साँझ ५ बजे कार्यक्रम गरिने जनाइएको छ ।

कार्यक्रममा मैथिली भाषाका चर्चित गायक, कलाकार मौलिक संस्कृतिका नृत्य तथा गीतसंगित प्रस्तुत गरिने आयोजक युवा समुहका अगुवा सुरेश कामतले बताए । कार्यक्रमकाबीच मैथिली संस्कृति अनुसारको लोकनृत्य झिझिया, सामाचकेवा र जटजटिन सहितको प्रस्तुति राखिएको छ । यस्तै मिथिलाको चर्चित गायक कलाकारहरु रामा मण्डल, बिरेन्द्र झा, प्रबलदीप र अनुराधा राजवंशी लगायतका कलाकारहरुले मैथिली गीतसंगित प्रस्तुती रहने जनाइएको छ ।

कार्यक्रमकैबीच विराटनगर महानगरपालिका सहित मोरङका विभिन्न स्थानिय तहबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान समेत गरिने आयोजक समिति सदस्य जय कामतले बताए ।

भाषा संस्कृतिप्रति नयापुस्तालाई जागरुक बनाउन तथा स्वस्थ्य मनोरंजनको उद्धेश्यसहित नवबर्षको सन्दर्भ पारेर सांस्कृतिक कार्यक्रम गर्न लागिएको मिथिलेश्वरी मिडिया प्रालिका अध्यक्ष नवीन कर्णले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित