१५ चैत्र २०८०, बिहिबार
Tags

शनिवार जोगबनीमा भव्य शनि मन्दिर तथा हनुमान मन्दिरको एकसाथ उद्घाटन हुने

रणभूमी डेस्क सोमबार, चैत्र २८, २०७८

जोगबनी / विराटनगरको सीमा सँग जोडिएको भारतको जोगबनीमा भव्य शनि मन्दिर तथा हनुमान मन्दिरको उद्घाटन अप्रेल १६ तारिखको दिन हुँदैछ।

जोगबनी इन्द्रानगर ९ मा रेल्वे स्टेशन को पछाडी करिब ५ कठ्ठा क्षेत्रफलमा बनेको भव्य शनि देवताको मन्दिर तथा त्यसकै २ साय मीटर उत्तर तर्फ करिब दुई कठ्ठा क्षेत्रफलमा बनाएको हनुमान मन्दिर आज बाट ५ दिन पछाडी अप्रेलको १६ तारीखको दिन वैशाख ३ गते शनवार बिहार राज्यको पञ्चायती राज्य मन्त्री सम्राट चौधरीको हाथ बाट उद्घाटन गरिने छ ।

मन्दिर उद्घाटनको दिन देखि १९ तारीख सम्म कथा वाचन हुनुका साथै शनिवारको दिन कलश यात्रा, आईतवार शनि देवको मूर्ति नगर परिक्रमा, सोमवार बनारसको पण्डित बाट प्राण प्रतिष्ठा र चौविस घण्टे अस्टजाम गरिने तथा मंगलवारको दिन विशाल भण्डारा हुने मन्दिर व्यवस्थापन समितिको उपध्यक्ष हिमांशु सिंहले बताए । मन्दिरमा शनि देवताको ५ फिट अग्लो प्रतिमा राखिएको छ भने ४ फिट अग्लो शिला पनि राखिएको छ सिंह ले बताए

यहाँ कमेन्ट गर्नुहोस्