०६ बैशाख २०८१, बिहिबार
Tags

रङ्गेलीमा यामाहा मोटरसाइकलको नयाँ शोरुम

रणभूमी डेस्क सोमबार, चैत्र २८, २०७८

विराटनगर / नेपालका लागी यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले मोरङको रंगेलीमा आईतबारदेखि आफ्नो नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।

आकृति अटो ट्रेर्डस मार्फत् एमएडब्लुले ग्राहकहरुलाई ‘थ्री एस’ को सुविधा प्रदान गर्ने गरि आफ्नो नयाँ डिलर सञ्चालनमा ल्याएको हो । आईतबार एक कार्यक्रमको आयोजना गरि शोरुमको उद्घाटन गरिएको छ । शोरुम रंगेली नगरपालिका छेउमै अवस्थित रहेको छ । रंगेली नगरपालिकालाई समेटने गरि सञ्चालनमा आएको शोरुमबाट ग्राहकले सेल्स, सर्भिस र स्पेयर पार्टसको सुविधा प्राप्त गर्ने शोरुमका सञ्चालक विरेन्द्र कुमार साहले बताए । उनले रंगेली नगरपालिका र आसपासका क्षेत्रमा यामाहा कम्पनीका मोटरसाइकल तथा स्कुटरको बढ्दो मागलाई दृष्टिगत गर्दै शोरुम सञ्चालनमा ल्याईएको जानकारी दिए । ‘यहाँ आसपासमा यामाहाका डिलरहरु छैनन् । सब डिलरहरु छन् । सोही अवस्थालाई मध्यनजर गर्दै हामीले डिलरसीप लिएर शोरुम सञ्चालन गरेका हौं,’ उनले भने, ‘यहाँबाट मोटरसाईकलसँग सम्बन्धित सम्पुर्ण सेवा सुविधा पाईन्छ । हामीसँग एफआई स्टेशन पनि छ ।’

आकृति अटो ट्रेर्डस बाट ग्राहकले विश्वस्तरीय प्रविधि जडित यामाहाका लोकप्रिय मोटरसाइकल र स्कुटरहरुको ‘थ्री एस’ सहित एक्सचेन्ज र फाइनान्सको सुविधा समेत पाउने बताईएको छ । विश्व परिचित र विश्वसनीय मोटरसाइकल ब्राण्डको पहिचान बनाएको यामाहाले हाल नेपाली बजारको माग र आवश्यकतालाई सम्बोधन गर्दै विभिन्न भेरिएन्टका मोटरसाईकल र स्कुटर बिक्री गर्दै आएको छ । रंगेलीमा सञ्चालनमा आएको शोरुममा हाल यामाहाको फेसिनो, रे–जेडआर र रे–जेडर ब्राण्डका स्कुटर तथा आरवन फाईभ, एफ जेड–२५, एफजेडएस भी थ्री, एफजेड एस भी टु, एफजेड भी टु, एसजेड आरआर र स्यालुटो गरि आधा दर्जन बढी ब्राण्डका मोटरसाईकलहरु उपलब्ध छन् ।

शोरुमले रंगेलीको २२ किलोमिटरको क्षेत्रमा बस्ने नागरिकहरुलाई लक्षित गर्दै फाईनान्समा समेत मोटरसाईकल तथा स्कुटर खरिद गर्न सक्ने व्यवस्था मिलाएको छ । शोरुम भने झण्डै ३ करोडको लगानीमा सञ्चालनमा आएको हो ।

यहाँ कमेन्ट गर्नुहोस्