२३ आषाढ २०७९, बिहिबार
Tags

नासा ईन्भेष्टमेन्टको शाखा देवानगंजमा विस्तार

रणभूमी डेस्क सोमबार, चैत्र २८, २०७८

सुनसरी / नासा ईन्भेष्टमेन्ट प्रा.लि.ले आफ्नो दोस्रो सेवा केन्द्र सुनसरीको देवानगंजमा विस्तार गरेको छ । एक कार्यक्रमको आयोजना गरि नासाले सुनसरीमा आफ्नो सेवा केन्द्र उद्घाटन गरेको हो ।

नेपाल स्टक एक्सचेञ्ज ( नेप्से ) का पूर्व कार्यकारी अधिकृत चन्द्र सिंह साउतले रिवन काटेर सुनसरीको दोस्रो सेवा केन्द्रको उद्घाटन गरेको थियो। यहि गत चैत्र २५ गते सुनसरीको सदरमकाम इनरुवामा पहिलो सेवा केन्द्र उद्घाटन गरेको नासा ईन्भेष्टमेन्ट प्रा .लि . का प्रमुख अरबिन्द मेहताले बताए ।

मेहताका अनुसार विराटनगरलाई केन्द्र बनाएर विभिन्न क्षेत्रमा सेवा दिदै आएको नासा ईन्भेष्टमेन्ट प्रा.लि. ले सुनसरीको दक्षिण सिमावर्ती क्षेत्रका सेवाग्राहीको सहजताका लागि देवानगंजमा दोस्रो शाखा कार्यालय र सदरमकाम इनरुवामा पहिलो शाखा कार्यालय संचालनमा ल्याइएको बताए । आगामी दिनहरुमा अरु ठाउँमा शाखा कार्यालय संचालनमा ल्याउने उनले बताए ।

कार्यकर्ममा श्री कृष्ण मा.वि. का प्रधानध्यापक उमेश प्रसाद मेहता श्री मा. वि. देवानगंजका पूर्व प्रधानध्यापक रामेश्वर मेहता देवानगंज गाउँ पालिका वडा नम्बर २ का अध्यक्ष मज्लुम मिया , वडा नम्बर ७ का बद्रि प्रसाद यादव समाज सेवी किसुनदेव मेहता , अशोक मेहता हरिनन्दन मेहता लगायतका उपस्थिति रहेको थियो |

साखा कार्यालय उदघाटन संगै विभिन्न चर्चित लकाराकरहरुले आफ्नो प्रस्तुति दिदै दर्शकहरुको मन समेत जितेका थिए। कार्यक्रममा बरिष्ठ गायक रामा मण्डल ,गायकहरु प्रवलदीप बिश्वाश ,नितिन गजुरेल ,प्रकाश अनुराग तथा अन्य कलाकारहरुले आफ्नो दमदार प्रस्तुति दिएका थिए।

यहाँ कमेन्ट गर्नुहोस्