१३ बैशाख २०८१, बिहिबार
Tags

कन्टेनरमा भन्सार छली ल्याउँदै गरेको २० लाखको बिस्कुट सहित १ जना पक्राउ

रणभूमी डेस्क बुधबार, चैत्र ३०, २०७८

झापा / झापाको मेचिनगर नगरपालिका-६ बाट अबैध सामान सहित १ जना पक्राउ परेका छन् ।

मंगलबार दिउँसो साढे ११ बजे ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको आर जे १८ जी बि ३७२१ नम्बरको कन्टेनर चेकजाँच गर्ने क्रममा उक्त कन्टेनरमा अबैध रुपमा नेपाल ल्याउँदै गरेको २० लाख बराबरको बिस्कुट बरामद भएको थियो ।

अबैध रुपमा बरामद भएको बिस्कुट, कन्टेनर र कन्टेनर चालक भारतिय नागरीक २२ बर्षीय सिशराम गोर्सी समेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी मेची भन्सार कार्यालय काकड्भिट्टामा बुझाइएको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्