११ बैशाख २०८१, मंगलबार
Tags

स्रोत नखुलेको भारतीय रुपैयाँ सहित चारजना पक्राउ

रणभूमी डेस्क बुधबार, चैत्र ३०, २०७८

विराटनगर / स्रोत नखुलेको भारतीय रुपैयाँ सहित चारजना पक्राउ परेका छन् ।

भारतीय रुपैयाँ सहित बिराटनगर महानगरपालिका–१५ रानी सिमाबाट स्रोत नखुलेको ३ लाख ८ हजार ५ सय भारतीय रुपैयाँ सहित ४ जानलाई सोमबार दिउँसो सीमा प्रहरी चौकी रानी प्रमुख दिल्ली देवकोटाले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सुनसरी जिल्ला बर्जु गाउँपालिका–१ बस्ने ३८ वर्षीय सुरज ऋषिदेव, उनकै श्रीमती ३८ वर्षीया शिव कुमारी ऋषिदेव, भारत सहरसा मानगढ ग्राम पंचायत बस्ने २९ वर्षीय विसुनदेव मुखिया र सोही ठाउँ बस्ने २७ वर्षीय अविनाश मुखिया रहेका छन् । सिमा प्रहरी चौकी रानीबाट सई देवकोटाको नेतृत्वमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुको साथबाट उक्त स्रोत नखुलेको भारतीय रुपैँया सहित फेला पारी चारैजनालाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्