११ बैशाख २०८१, मंगलबार
Tags

बिराटनगर-१८ बाट १२० किलो गाँजा सहित पिकअप भेन नियन्त्रणमा

रणभूमी डेस्क बिहिबार, बैशाख ०१, २०७९

विराटनगर / विराटनगर-१८ स्थित फोरलाईन रोड बाट ईलाका प्रहरी कार्यालय बुधनगरको टोलीले एक पिकअप भेन बाट १ सय २० किलो गाँजा पक्राउ गरी नियन्त्रणमा लिएको छ ।

हिजो राती करिब १० बजेको समयमा आईसिपी को बाटो हुँदै भारत तर्फ लैजान लागेको गाँजा प्रहरीले नियन्त्रणमा लिएको हो ।

विराटनगर महानगरपालिका वडा नं. १८ फोरलाईन स्थित ईप्रका बुधनगर वाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा चेकजाँच गरेको स्थान आउनु भन्दा अन्दाजी १०० मिटर अगाडी नै को. १ च. ५३१८ नम्बरको सेतो पिकअप भेन रोकी चालक फरार भएको थियो । निलो त्रिपालले छोपेको उक्त भेनको खानतलासी गर्ने क्रममा भेनभित्र तिन वटा सेतो बोरामा प्याकिङ गरिएको अवस्थामा लागु औषध गाँजा १ सय २० किलो, अदुवा २६ पोकामा ५ साय ५४ किलो र ६ पोका धानको भुस ४५ किलो बरामद भएकोले थियो ।

उक्त को. १ च. ५३१८ नम्बरको पिकअप भेन र बरामदी सामानहरु जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई थप अनुसन्धान कार्य भई रहेको छ भने फरार रहेको चालकको खोजी कार्य समेत भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्