१५ बैशाख २०८१, शनिबार
Tags

मदरसा दारुउलुम नुरुल इसलामको पूर्व अध्यक्ष मौलाना मोहम्मद अब्बास मदनी साहबको स्वर्गारोहण

एम.डी. अकिल शुक्रबार, बैशाख ०२, २०७९

सुनसरी / सुनसरीको इनरुवा-१० नं जालपा पुर स्थित मदरसा दारुउलुम नुरुल इसलामको संस्थापक मौलाना मोहम्मद अब्बास मदनी साहबको स्वर्गारोहण भएको छ । लगभग ८५ वर्ष उमेर भएका वहाको विहीवार साँझ निधन भएको हो ।

स्व. मौलाना मोहम्मद अब्बास मदनी साहब पूर्वी नेपालका प्रख्यात धर्मगुरु रहनुका साथै मदरसा दारुउलुम नुरुल इसलामको पूर्व अध्यक्ष समेत रहिसक्नुभएको थियो ।

रमजानको महिनामा वहाको स्वर्गारोहण निकै पुण्य प्रतापको कारण भएको वहाको शुभचिन्तकहरुको भनाई रहेको छ । वहाको पार्थिव शरीरलाई मुसलिम धर्म अनुसार आज जुमाको नमाज पढे पछि हजारौ व्यक्तिहरू जनाजा लिएर कब्रिसतान पुगेर माटो प्रदान गर्ने तयारी भईरहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्