२७ बैशाख २०८१, बिहिबार
Tags

जनमत पार्टीको कार्यकर्ता स्वतन्त्र मधेशको पक्षमा

Ranbhumi शनिबार, चैत्र २८, २०७७

मुलुकको राष्ट्रियता र अखण्डताप्रति प्रतिवद्ध रहेको भन्दै ‘अलग मधेश’को गतिविधि छोडेका सीके राउतका कार्यकर्ता अझै ‘स्वतन्त्र मधेश’को पक्षमा रहेको भेटिएको छ ।

सीके राउत नेतृत्वको जनमत पार्टीको पहिलो महाधिवेशन जनकपुरमा जारी छ । महाधिवेशनमा सहभागी नेता कार्यकर्ता ‘स्वतन्त्र मधेश’ लेखिएको झण्डासहित देखिए । उनीहरुले ‘स्वतन्त्र मधेश’को नारा समेत लगाएका छन् ।

महाधिवेशन चल्दै गर्दा बाह्रविघा आसपास क्षेत्रमा कार्यकर्ताले झण्डासहित स्वतन्त्र मधेशको नारा लगाएका हुन ।
दुई वर्षअघि २०७५ फागुन २४ गते सरकारसँग भएको ११ बुँदे सम्झौतासँगै मुलधारको राजनीतिमा आएका राउत पुनः ‘स्वतन्त्र मधेश’ गतिविधिकै तयारीमा रहेको आशंका गरिएको बेला कार्यकर्ताले ‘स्वतन्त्र मधेश’को झण्डा प्रयोग गर्दै नारा प्रयोगमा लगाएका छन ।

यहाँ कमेन्ट गर्नुहोस्