१५ बैशाख २०८१, शनिबार
Tags

७१ किलो गाँजा सहित दुई मोटसाइकल एसएसबी द्वारा पक्राउ

राजेश कुमार शर्मा सोमबार, बैशाख ०५, २०७९

जोगबनी / एसएसबी ५६औ वाहिनीको आमगाछी बीओपी को जवानहरू गश्तीको समयमा कुशमाहा चंदामोन स्थित सीमास्तभ नं १७४/१ नजिक ७१ किलो ४ सय ग्राम गाँजा सहित दुईवटा मोटरसाइकललाई जफत गरेको छ । जफत गरिएको भारतिय नं को मोटरसाईकल क्रमशः पल्सर – बीआर ३८ एफ ९२१५ र अपाची- बीआर २८ जे १४५१ रहेको छ ।

एसएसबीले बताए अनुसार दुर्इवटै मोटरसाइकलमा सवार व्यतिले गाँजा भरिएको बोरा मोटरसाइकलमा लादेर नेपाल तर्फ बाट आईरहेको थियो । चंमाहन गाउँ नजिक एसएसबीको जवानहरुलाई देखेर दुईवटै मोटरसाईकल सवार व्यक्ति मोटरसाइकल छोडेर नेपाल भाग्न सफल भयो । एसएसबीले मोटरसाइकलमा भएको बोराहरु खोतल्दा गाँजा बरामद भएको थियो । जसलाई तुरुन्तै क्याम्पमा ल्याई आवश्यक कागजात गरी जोगबनी थानालाई बुझाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्