११ बैशाख २०८१, मंगलबार
Tags

ठुलो परिमाणमा अबैध लत्ताकपडा र समान बरामद राजस्व र भन्सार दाखिल

रणभूमी डेस्क सोमबार, बैशाख ०५, २०७९

विराटनगर / मोरङको छुट्टाछुट्टै दुई स्थानबाट प्रहरीले अबैध लत्ताकपडा र सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाका आधारमा विराटनगर महानगरपालिका-७ स्थितबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी तथा राजश्व चुहावट गरी प्लाष्टिकको बोरामा प्याक गरेर फरक फरक समयमा बिभिन्न प्रकारको लत्ता कपडा लुकाई छिपाई राखेको १५ लाख १ हजार ७ सय मुल्य बरावरको सामान बरामद गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाएको छ ।

त्यसैगरी बिराटनगर-१६ बाट ४ लाख ९ हजार बराबरको समान बरामद गरी भन्सार कार्यालय रानी विराटनगरमा बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्