०५ बैशाख २०८१, बुधबार
Tags

विओपी रङ्गेलीद्वारा २२ लाख बढीको अवैध सामानहरु जफत गरी भन्सार दाखिला

रणभूमी डेस्क बुधबार, बैशाख ०७, २०७९

रङ्गेली / सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट रङ्गेलीको टोलीले एक पिकअप भेनमा भन्सार छली ल्याउँदै गरेको ४८ प्रकारको अवैध सामान सहित जफत गरी भन्सार दाखिला गरेको छ ।

हिजो साझ करिब सवा ६ बजेको समयमा रङ्गेली नगरपालिका वडा नं ६ स्थित मधुबनी बाट प्रदेश-१-०४-००१च ०३६० नं को महिन्द्रा पिकअप भेनमा अवैध रुपमा भन्सार छली गरी ल्याउँदै गरेकाे सामान विओपी रङ्गेली प्रमुख सप्रनि कमल बहादुर अधिकारीको टोलीले पक्राउ गरी नियन्त्रणमा लिएको थियो । सशस्त्र प्रहरीले उक्त पिकअप भेन रोक्न खोज्दा भेन चालक भागेपछि टोलीलाई शंका लागि चेकजाँच गर्दा उक्त भेन बाट ४८ प्रकारको सामान हरु बरामद भएको थियो जसमा साइकलको विभिन्न पार्ट्स १८ प्रकारको , मोटरसाइकलको विभिन्न ६ प्रकारको पार्ट्सहरु रहेको थियो भने चप्पल ४६७ थान, हारबोजाईन् लिक्विड, इलेक्ट्रिक मोटर, विभिन्न १५ प्रकारको कपडाहरू लगाएत जुत्ता, कार्पेट, एयर मोटर, टेन्ट तथा पालको सामग्रीहरू र प्लास्टिकको प्लेट काचौराहरु रहेको थियो । आज बिराटनगर भन्सार कार्यालय रानीमा उक्त सबै सामानहरु भन्सार दाखिला गर्दा भन्सार मूल्यांन २२ लाख ५ हजार ७ सय ३५ रुपैयाँ तोकिएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्