०६ बैशाख २०८१, बिहिबार
Tags

मैथिली भाषाका सर्वश्रेष्ठ कथाकार रा.ना.सुधाकरको ‘दीयरि’ कथा संग्रह विमोचन हुने

Maithilionline.net बिहिबार, बैशाख ०८, २०७९

विराटनगर / मैथिली भाषाका सुप्रसिद्ध कथाकार रा.ना.सुधाकरको ‘दीयरि’ कथा संग्रह विमोचन हुने भएको छ ।

कथाकार सुधाकर लिखित मैथिली भाषाका २० वटा कथा समेटिएको सो संग्रह मिथिलेश्वरी मिडिया प्रा.लि.ले प्रकाशित गर्न लागेको हो । आउदो बैशाख १६ गते विराटनगरमा साहित्यकार, तथा कलाकर्मीहरुको उपस्थितिमा सो संग्रह विमोचनको तयारी गरिएको छ । कथा संग्रहको कर्ण संजयले सम्पादन गर्नुभएको छ ।

मैथिली भाषाका विद्धानहरुबाट नेपालको सर्वश्रेष्ठ मैथिली कथाकारको उपमा पाउनुभएका सुधाकरको पहिलो कृतिकारुपमा यो संग्रह प्रकाशन हुन लागेको हो । सुधाकरका सयौं रचना नेपाल तथा भारतका प्रतिष्ठित पत्रपत्रिकाहरुमा प्रकाशन भएको भएपनि हालसम्म संग्रहकोरुपमा प्रकाशन हुन सकेको थिएन ।

साहित्यकार सुधाकरको नाम कथा साहित्यका साथै कविता र गीत लेखनमा समेत मैथिली साहित्यमा अग्रणी नामहरु मध्येको एक हो । प्रकाशनोन्मुख संग्रहको शिर्षक कथा ‘दीयरि’ त्रिभुवन विश्वविद्यालयको स्नातक तहको मैथिली संकायको पाठ्यक्रममा समेत समावेश गरिएको कथा हो ।

‘दीयरि’ कथा संग्रह यसअघि नै ‘नेपाल विद्यापति मैथिली पाण्डूलिपि पुरस्कार २०६९’ बाट पुरस्कृत भइसकेको छ । मौलिक कथा शिल्प तथा कृतिहरुका कारण सुधाकरको नाम अग्रणी स्थानमा लिने गरिएपनि हालसम्म उहाँको कुनैपनि संग्रह प्रकाशन हुन नसकेको अवस्थालाई बोधगर्दै मिथिलेश्वरी मिडिया प्रालिले कथा संग्रह प्रकाशनगर्न लागेको अध्यक्ष नवीन कर्णले बताउनुभयो ।

प्रकाशनोन्मुख कथा संग्रहमा शिर्षक कथा ‘दीयरि’का साथै ‘थकुचल मासुक बुट्टी’, ‘रामपरी’,चान अशोथकित अछि’, ‘छाहरि तर’क काँट’, ‘घरमुहाँ’, ‘नुक्का चोरी’, ‘अस्तित्व’, ‘चिल्होडि उडि रहल अछि’, ‘खुट्टी पर टाँगल ब्रा’, ‘संधि’, ‘कर्जखोर’, ‘छागर’,‘झखड़ल फूलक गाछ’, ‘सुनगैत करेज’, ‘परिवेश’, ‘स्वप्न भंग’, ‘उपहार’,‘खण्डित लोक’ र ‘प्रदक्षिणा’ शिर्षकका कथाहरु समेटिएका छन ।

यहाँ कमेन्ट गर्नुहोस्