०८ बैशाख २०८१, शनिबार
Tags

नव वर्ष २०७८ को अवशरमा देवकोटा चौक मा दिप प्रज्वलन

Ranbhumi बिहिबार, बैशाख ०२, २०७८

जनजाति कल्याण आश्रम र नेपाल आमाको माया छात्रावास द्वारा नव वर्ष २०७८ सलको अवशरमा बिराटनगरको देवकोटा चौक मा दिप प्रज्वलन कार्यक्रम गरिएको छ ।

जनजाति कल्याण आश्रम को अध्यक्ष मदन कुमार साहको अध्यक्षता र स्वामी अच्युत प्राचार्य को प्रमुख आतिथ्यमा आयोजना गरिएको शुभकामना आदान प्रदान तथा दिप प्रज्वलन कार्यक्रममा सियाराम रौनियार , पवन कुमार साह, नेपाल वैश्य युवा संघ मोरङ अध्यक्ष गणेश कुमार साह, महासचिव सन्तोष साह, सल्लाहकार महेश कुमार साह लगायत सयौंको संख्यामा जन सहभागीता रहेको थियोे ।

त्यसैगरी उक्त कार्यक्रममा स्वामी अच्युत प्राचार्यले नयाँ वर्षको महत्त्व र नयाँ वर्ष मनाउनु कारण बारेमा प्रकाश पार्नु का साथै दीप प्रज्वलन गरि कार्यक्रम संचालन भएको थियो भने नेपाल राष्ट्रिय संस्कृत झल्किने राष्ट्रिय गान तथा विभिन्न नृत्यहरु यसै आश्रमका विद्यार्थीहरु द्वारा गाएको थियो । सभापति मदन कुमार साहले स्वागत मन्तव्य तथा नयाँ वर्षको कार्यक्रम दीप बालि नेपाल आमाको सम्झना लागि नयाँ वर्ष मनाउनु पर्छ भनेर कार्यक्रम समापन गर्नु भएको थियो।

यहाँ कमेन्ट गर्नुहोस्