०८ बैशाख २०८१, शनिबार
Tags

चित्तलको छाला सहित सीमा प्रहरी चौकी रानीद्वारा एक जना पक्राउ

रणभूमी डेस्क मंगलबार, बैशाख १३, २०७९

विराटनगर / सीमा प्रहरी चौकी रानीले भारत तर्फ लैजाँदै गरेकाे चित्तलको छाला सहित एक जनालाई पक्राउ गरेकाे छ ।

बुधवार साँझ ५ बजेको समयमा मोरङ्ग जिल्ला सुन्दरहरैचा ४ बस्ने वर्ष २४ को धर्म बहादुर थापालाई सीमा प्रहरी चौकी रानी प्रमुख दिल्ली देवकोटाको नेतृत्वमा खटेको टोलीले जोगबनी तर्फ जाँदै गरेको बेलामा चेक जाँचको क्रममा एक थान चित्तलको छाला सहित पक्राउ गरेको थियो ।

प्रनानि देवकोटाले उक्त छाला सहित थापालाई थप अनुसन्धान तथा कार्वाहीको लागि ईलाका प्रहरी कार्यालय रानीलाई बुझाएको बताए ।

यहाँ कमेन्ट गर्नुहोस्