०८ बैशाख २०८१, शनिबार
Tags

दुधमती नदीको अस्तित्व समाप्त हुने गरी नदीलाई नालामा परिणत गर्ने कार्यप्रति ध्यानाकर्षण

राजेश कुमार शर्मा बिहिबार, बैशाख १५, २०७९

जनकपुर / दुधमती नदीको अस्तित्व समाप्त हुने गरी नदीलाई नालामा परिणत गर्ने कार्यप्रति दुधमती संरक्षण अभियान का अभियन्ताहरुले संघिय आयोजना कार्यान्वयन इकाइ जनकपुरधाममा लिखित ध्यानाकर्षण गराएका छन ।

ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वको दुधमती नदीको अस्तित्व समाप्त हुने गरी नदीलाई नालामा परिणत गर्ने गरी दुबै तर्फको रुख विरुवा बिनास गरी रिटेनिंग वाल निर्माण गर्ने काम प्रती असहमती जनाउदै पर्यावरण मैत्री बिकास पद्धती अनुसार मात्र काम गर्न ऐतिहासिक दुधमती संरक्षण अभियान का अभियन्ताहरु सुदीप मण्डल,आदितिया साहनी र पर्यावरण अभियंता सुरेश शर्मा समेत आज संघिय आयोजना कार्यान्वयन इकाइ जनकपुरधाममा लिखित ध्यानाकर्षण गराएका हुन । निमित्त कार्यालय प्रमुख घनश्याम ठाकुर लाई ध्यानाकर्षण पत्र बुझाएर साइट इन्चार्ज श्रवण यादब समेत संग छलफल गरेको थियो ।पर्यावरण मैत्री बिकास निर्माणको पक्षमा काम गर्ने प्रतिबद्धता सहित आयोजना प्रमुख आए पछि थप छलफल गर्ने बताउनुभयो । पर्यावरण बिनास गरेर हुने बिकासको कुनै महत्व छैन ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित