१३ बैशाख २०८१, बिहिबार
Tags

क्वानिज क्लब अफ़ बिराटनगरलाई प्रमाण-पत्र बितरण

Ranbhumi बुधबार, बैशाख १५, २०७८

बाल बालिकाको लागी १ सय ४ वर्ष देखी काम गरिरहेको क्वानिज ईन्टरनेसनल प्रदेश एक को राजधानी बिराटनगरमा क्वानिज क्लब अफ़ बिराटनगरको नाम बाट स्थापना गरिएको छ ।

क्वानिज इटहरी र क्वानिज कान्तिपुरको प्रायोजनमा स्थापना भएको क्वानिज क्लब अफ़ बिराटनगरको पदाधिकारीहरुलाई प्रमाण पत्र, ब्याच क्लब को झन्डा र ब्यानर क्वानिज ईन्टरनेसनलको मुख्य कार्यलय अमेरिका बाटै पठाएर हस्तांतरण गरिएको थियो ।

आईतवार साझ बिराटनगर ११ स्थिति होटल मेरो नेपालमा क्वानिज क्लब अफ़ बिराटनगरका पदाधिकारीहरुलाई प्रमाण पत्र र ब्याच बितरण कार्यक्रममा जिल्ला सेक्रेटरी मनिषा बिमली र ट्रेजर संतोष पोखरेल तथा प्रदेश एक संयोजक फ़ेवा लिम्बुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो । उक्त कार्यक्रममा चार्टर प्रेसिडेन्ट नयन पराजुली, इलेक्ट प्रेसिडेन्ट बिपिन पासवान, भ्याईस प्रेसिडेन्ट ज्योति बिक्रम शाह, सेक्रेटरी आकाश अग्रवाल, ट्रेजर साबित्रा तिवारी, जोईन्ट ट्रेजर अनामिका पोखरेल र जोईन्ट ट्रेजर राहुल भट्टराई लगायत सदस्यहरु मनोज मन्डल, सन्जय कर्ण, आनन्द लखौटिया, तारा खड्का, शौरभ भट्टराई, निलेश डागा, संतोष साह मनोज खत्री सन्ध्या अधिकारी र आशुतोष खड्का समेतको सहभागीता रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्