०८ बैशाख २०८१, शनिबार
Tags

मीरगञ्ज पुल आंशिकरुपमा संचालनमा

रणभूमी डेस्क शुक्रबार, बैशाख १६, २०७९

विराटनगर नाका जोड्ने भारतको बथनाहा स्थिति परमाण नदी स्थित निर्माणाधिन नयाँ चार लेनको पुल विहिबारदेखि आंशिक रुपमा संचालनमा आएको छ ।

मोरंग व्यापार संघले विगत लामो समय देखि मीरगञ्ज पुलको जीर्णोद्वारका लागि पटक पटक पहल गर्नुका साथै मोरङ–सुनसरी औद्योगिक कोरिडोरका औद्योगिक प्रयोजनका सवारी साधानहरुको चाप व्यवस्थापनका लागि उच्च क्षमताको नयाँ चार लेनको पुलको निर्माण गर्न भारत सरकारका विभिन्न निकायमा पहल गर्दै आएको थियो ।

मोरङ्ग व्यापार संघका अध्यक्ष नवीन रिजालले विगत १६ वर्षदेखि नयाँ मीरगञ्ज पुल बन्ने काम ठप्प रहेको र उक्त कार्यलाई सूचारु गर्न र पुरानो जिर्ण अवस्थामा रहेको पुललाई मर्मत गर्न पहल गरी हाल आएर आंशिक रुपमा चालु भएको र केही दिनभित्रै पूर्णरुमा पुल संचालनमा आउने समेत बताउनु भयो ।

भारतबाट विराटनगर भन्सार कार्यालय आउने मालवाहक सवारी साधनहरु मीरगञ्ज पुल (पुरानो) अवरुद्ध भएका कारण भीमनगर–भन्टावारी नाका प्रयोग गर्दै आएका छन् जसबाट नेपाली आयातकर्ताले प्रति सवारी साधन करिब रु. २५ हजार थप व्ययभार व्यहोर्नु पर्ने बाध्यता रहँदै आएको छ । पुल संचालन गर्नका लागि अध्यक्ष नवीन रिजाल लगायतको टिमले भारतका सडक, राजमार्ग मन्त्री, अररियाका डी.एम., फारबिशगञ्जका एस.डी.ओ., पटनाका कस्टम्स कमिश्नर, नेश्नल हाईवे अथोरिटी अफ इण्डीयाका अधिकारीहरु लगायत विभिन्न निकायमा पहल गर्दै आएको थियो ।

संघले जोगबनीसम्मको बैकल्पिक मार्गका लागि अररियाका डि.एम. सहित फारबिशगञ्जका एस.डी.ओ., एन.एच.ए.आई., सडक विभाग लगायतसँग स्थलगत भ्रमण समेत गरेको थियो । साथै, भत्किएको मिरगंज पुलको स्थलगत भ्रमणपछि पनि पुलको पूर्ण निर्माण तथा बैक्लपिक मार्ग संचालनका लागि समेत संघका अध्यक्ष श्री नवीन रिजालले भारत सरकारसँग दबाव दिदै आएको थियो । यसैगरी संघका पूर्व अध्यक्ष महेश कुमार जाजु भारत गएको नेपालको प्रधानमन्त्री सँगको टोलीमा सहभागी भई सो पुलको निर्माणका लागि ध्यानाकर्षण गराएका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्