१४ बैशाख २०८१, शुक्रबार
Tags

ईप्रका रानी (सीमा) प्रमुख देवकोटा एक्सनमा, लागूऔषध कारोवारीहरुलाई झट्का

रणभूमी डेस्क मंगलबार, बैशाख २०, २०७९

विराटनगर / ईलाका प्रहरी कार्यालय रानी (सिमा) प्रमुख दिल्ली देवकोटाले लागुऔषध ओसार पोसार तथा दुर्व्यसनमा संग्लग्न भएकाहरुलाई निरुत्साहित गर्दै नेपाल सरकारले प्रतिबन्ध लगाएको लागू औषधको कारोवारीहरुलाई नियन्त्रणमा लिने अभियान अन्तर्गत पुनः आईतवार एक जनालाई ठुलो परिमाणमा लागूऔषध सहित पक्राउ गरेकाे छ ।

इप्रका रानी (सीमा) बाट देवकोटाको नेतृत्वमा खटेको टोलीले आईतवार साझ करिब ६:३० बजेको समयमा बरगाछी-५ घर बताउने वर्ष २१ को मिलान कार्कीको जिउमा सेट गरी ल्याउँदै गरेकाे प्रतिबंधित लागूऔषध नाईट्रोभेट ट्याब्लेट ६०० थान र डाईलेक्स डिसी २ थान सहित चेक जाँचको क्रममा पक्राउ नियन्त्रणमा लिएको थियो ।

कार्कीलाई आवश्यक अनुसन्धान तथा कार्वाहीको लागि ईलाका प्रहरी कार्यालय रानीलाई बुझाएको छ।

त्यस्तै आईतवारनै विभिन्न किसिमको लागूऔषध एक जना इटहरी उपमहानगरपालिका – ९ घर बताउने वर्ष ३१ सन्दिप चौधरीको साथ बाट विभिन्न ७ प्रकारको प्रतिबंधित लागू औषध सहित आवश्यक कार्वाही तथा मुद्दा प्रक्रियाको लागि इप्रका रानीलाई बुझाएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्