१४ बैशाख २०८१, शुक्रबार
Tags

जोगबनीमा कोरोना संक्रमित दुई को मृत्यु, जोगबनी बजारमा धमाधम सेनेटाईज गर्दै

Ranbhumi बिहिबार, बैशाख १६, २०७८

बिराटनगर / बिराटनगर महानगर पालिका बाट नजिकै रहेको धेरै नेपालीहरु सस्तोमा सामान खरिद गर्न जाने बजार जोगबनीमा बुधवार करोना को संक्रमण बाट दुई जनाको मृत्यु भएको छ ।

लगातार बढीरहेको कोरोना संक्रमणको अवस्थामा पनि जोगबनीमा कुनै पनि प्रकारको कोरोना भाईरस संक्रमण भए नभएको जाच को सुबिधा नभएका कारण ब्यापार व्यवसाय ले गर्दा बढी भिड भाड हुने र त्यस्मा पनि सामाजिक दुरी तथा मास्कको प्रयोग अत्यन्तै न्यून रहेको ठाउ जोगबनीमा एक्कासी कोरोना महामारीको कारणले दुई जनाको मृत्यु भएपछी जोगबनि नगर पंचायतले पुरै जोगबनी बजार भित्र सेनेटाईज गर्ने कार्य सुरु गरेको छ ।

जोगबनीको नेताजी चौक बाट सेनेटाईज गर्न सुरु गर्दै मुख्य पार्षद प्रतिनिधि राजू राय ले बताए अनुसार जोगबनीमा कोरोनाको कहर दिन प्रतिदिन बढदै गैइरहेको अवस्थामा एक प्रकारको कोरोना हाटस्पट बन्दै गरेको छ । जोगबनीमा बढदै गरेको संक्रमण र मृत्युलाई हेरेर बजार तथा वार्डहरुमा सेनेटाईज गरेको बताउनुभयो । वहाले प्रतेक वार्डमा ब्लीचिंग तथा फौगिंग गरिने कुरो पनि बताउनुभयो । त्यही सर्वसाधारणहरु संग अनुरोध गर्दै बिना काम घर बाट न निस्कन, मास्क र उचित दूरी को पालन गर्दै आवशक्ता अनुसार बाहिर निस्कन आग्रह गरेका छन । किनभने कोरोना लाई लिएर अब कुनै पनि असावधानी महंगो पर्न सक्छ भनी बताउनुभयो ।

यहाँ कमेन्ट गर्नुहोस्