०८ बैशाख २०८१, शनिबार
Tags

नक्कली प्रेस कार्ड बोकी लागुऔषध ओसार्ने दुई पक्राउ

Ranbhumi शुक्रबार, बैशाख १७, २०७८

बिराटनगर / आफ़ुलाई पत्रकार भनि प्रहरीलाई थर्काउदै भारत को जोगबनी पुगेर लागु औषध ओसार्ने दुई जानालाई अस्थायी प्रहरी चौकी मटियरुवाले पक्राउ गरेका छन ।

शुक्रवार दिउसो दुई बजेको समयमा आफ़ुलाई पत्रकार बताई सिमामा रिपोर्टिंग गर्न आएको भनि मटियरुवाको बाटो भएर भारतीको जोगबनी प्रवेश गरेपछी डिउटीमा रहेको सुरक्षाकर्मी हरुलाई शंका लागेर फ़र्किदै गरेको अवस्थामा चेक जाच गर्दा धरानको एक प्रतिस्ठित दैनिक पत्रिकाको नक्कली परिचय साथमा भएको को २८ प ७२०० नम्बरको मोटरसाईकल चढी आएका धरान ७ बस्ने वर्ष २८ को सुरज कोईराला र धरान ९ बस्ने वर्ष ४१ को निरज भट्टराईलाई सशस्त्र प्रहरीको सहियोगमा मटियरुवा प्रहरी चौकी रानी ले पक्राउ गरेका हुन ।

पक्राउ परेका कोईराला र भट्टराई को साथ बाट ६ थान डाईलेक्स डिसी नाम गरेको लागुऔषध र ४ थान मोबाईल सेट सहित केही नगद रकम रहेको र आवश्यक कार्वाहीको लागी इलाका प्रहरी कार्यालय रानी लाई बुझाएको मटियरुवा प्रहरी चौकी प्रमुख प्रसनी शिव कटुवालले बताउनुभयो ।

इलाका प्रहरी कार्यालय रानीको प्रहरी निरिक्षक प्रकाश राउत का अनुसार म्याद थप गरी लागुऔषध ओसर पोसार अन्तर्गत मुद्दा चलाउने बताउनुभयो ।

यहाँ कमेन्ट गर्नुहोस्