०८ बैशाख २०८१, शनिबार
Tags

नवनिर्वाचित वडा अध्यक्ष सूर्यलाल यादवको जितमा कोविड-१९ एक्सन टिम हर्षित

रणभूमी डेस्क बिहिबार, जेठ ०५, २०७९

विराटनगर / विराटनगर महानगरपालिका वडा नं १३ को अध्यक्ष पदमा राप्रपा उम्मेदवार सुर्य लाल यादव हलो छापमा विजयी हुनुभएको छ । यादवको साथमा मिलेर कोरोना कालमा सक्रिय रही सेवागर्दै आईरहेका युवाहरूको समुह कोविड १९ एक्सन टिमले यादवको जीत प्रति हर्ष व्यक्त गरेका छन् ।

काविड १९ को सम्झनाहरु

देशमा स्वास्थ संकट महामारी चलिरहेको बखत कोरोना कालमा नरेश लाभको अध्यक्षतामा युवाहरु सक्रिय भई कोविड-१९ एक्सन टिम गठन गरेर समस्यामा परेकाहरूको सेवा तथा सहयाेग प्रति यादवले देखाएको मानवता र सहयोगी भावनाको कदर गर्दै यादवको जीत प्रति हर्ष व्यक्त गरेका छन् । एक्सन टिमको अध्यक्ष नरेश लाभ भन्छन् अहिलेको समयमा कोही मान्छेलाई कसैको समस्या प्रति चासो हुँदैन तर सूर्यलाल यादव एक असल समाजसेवी मात्र नभई समाज प्रति सकारात्मक भावना राख्ने र जनताको सेवामा हरपल तत्पर रहने व्यक्ति भएको हुनाले समाजलाई नेतृत्व गर्न त्यस्तो व्यक्ति अति आवश्यक भएको हुनाले र समाजले पनि वहाको भावनाको कदर गर्दै वडाको अभिभावको रुपमा स्वीकारेका छन् भनी बताए ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित