१३ बैशाख २०८१, बिहिबार
Tags

समाजवादी ट्रेड युनियन महासंघ द्वारा सुरक्षाकर्मीहरुको लागी मास्क र सेनेटाईजर बितरण

Ranbhumi आइतबार, बैशाख १९, २०७८

बिराटनगर / कोरोना महामारीको अवस्थामा अग्र पंती रहेर काम गर्ने प्रहरी सुरक्षाकर्मी लाई समाजवादी ट्रेड युनियन महासंघ प्रदेश १ समिति द्वारा १३२औ बिश्व मे दिवसको अवशरमा मास्क तथा सेनेटाईजर बिरतण गरेको छ ।

ट्रेड युनियन महासंघ द्वारा आयोजना गरिएको मास्क बितरण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङ्ग, वडा प्रहरी कार्यालय बिराटनगर, जिल्ला ट्राफ़िक प्रहरी कार्यालय मोरङ्ग, इलाका प्रहरी कार्यालय निमुवा, इलाका प्रहरी कार्यालय रानी , सिमा प्रहरी चौकी रानी, अस्थायी प्रहरी चौकी मटियरुवा लगायत सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट रानी र सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट दरैया को प्रहरी प्रमुख हरुलाई ९ हजार थान सर्जिकल मास्क र ५ ली. सेनेटाईजर बितरण गरेका छन ।

उक्त कार्यक्रममा समाजवादी ट्रेड युनियन महासंघ प्रदेश १ समिति का अध्यक्ष मो. नसरुल, उपाध्यक्ष धिरज आडवानी, सचिव बिकाश मन्डल, सह-सचिव साहिल खान तथा जिल्ला इन्चार्ज सत्यनारायण यादव, जिल्ला अध्यक्ष गणेश राजवंशी लगायत युनियनका केन्द्रीय सह अध्यक्ष जोगीलाल यादव र केन्द्रीय उपाध्यक्ष तेजलाल कर्णको सहभागीता रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्