१५ बैशाख २०८१, शनिबार
Tags

हरेक उत्सव हर मौसममा पर्यावरण संरक्षणको लागि वृक्षारोपण

राजेश कुमार शर्मा आइतबार, जेठ १५, २०७९

जनकपुर / रामकथा बाचक प्रसिद्ध सन्त मोरारी बापूको साथमा जगत जननी माता जानकीको भुमी जनकपुरधाम स्थित जानकी मन्दिर परिसरको जानकी बाटिकामा पर्यावरण अभियंता सुरेश शर्मा ले वृक्षारोपण गर्दा भन्नु भयो यों सौभाग्य पाउनु कुनै भाग्य होइन, यो मेरो लागि शौभाग्य हो । जानकी बाटिका मा यस अवसर मा चन्दनको विरुवा २, रुद्राक्ष, पलास, पारिजात र नीमको १/१ गोटा गरी ६ गोटा विरुवाहरु रोपण गरिएको छ ।

मोरारी बाबुको साथ माता जानकीको दरबारमा देववृक्षको रूपमा परिचित रुद्राक्ष, चन्दन, पलास, पारिजात र नीमको रोपण गर्ने बखत आफै पनि उपस्थित भएर आशिष सहित बिशेष सहयोग गर्नुहुने जानकी मन्दिरको उत्तराधिकारी महन्थ राम रोशन दास साहित्यकार तथा पत्रकार सुजीत झा सहित पर्यावरण योद्धाहरु नागेश्वर यादव बजरंग यादव नीरज सिंह चौधरी समेत पर्यावरण अभियंता को सहभागिता थियो ।
भारतको प्रसिद्ध कथाबाचक संत श्री मोरारी बापू द्वारा गत एक हप्ता देखि जनकपुरधामको ऐतिहासिक तिरहुतिया गाछीमा सीताराम कथा प्रवचन चलिरहेको छ । वहाँको साथमा प्रवचन श्रवण गर्न हजारौं श्रद्धालुहरुको जमघट जनकपुरधाममा भएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित