१५ बैशाख २०८१, शनिबार
Tags

४० लाखको अवैध सामान सहित जोगबनीको चौधरी पक्राउ

रणभूमी डेस्क बिहिबार, जेठ १९, २०७९

विराटनगर / भन्सार राजस्व छली गरी एक ट्रयाक्टरमा नेपाल ल्याएको करीब ४० लाखको सामान ट्रयाक्टर सहित जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाएको छ ।

विहिवार साझ करिब ५ बजेको समयमा बिराटनगर महानगर पालिका-४ स्थित बिराटनगर ईटहरी सडक खण्डमा बि.अार. ३३ जीबी २६२७ नम्बरको ट्याक्टरमा मोटर पार्टस, छाला, नटबल्टु, मेसिन पार्टस र कपडा लगायतको रू. ४० लाख बराबरको सामान अवैध रुपमा राजस्व छलि गरी विराटनगरबाट इटहरीतर्फ लादै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटेको टोलीले नियन्त्रणमा लिएको थियो । प्रहरीको टोलीले ट्याक्टर सहित चालक भारत को अररिया जिल्ला जोगवनी वडा नं. १० टिकुलीया वस्ती वस्ने वर्ष ३४ को श्याम चौधरी समेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय ईटहरी सुनसरीमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्