१३ बैशाख २०८१, बिहिबार
Tags

अपराधी समाउन दिल्ली स्पेसल सेलको टिम नेपालमा

रणभूमी डेस्क शनिबार, जेठ २१, २०७९

विराटनगर / भारतिय प्रहरीको एउटा टोली काठमाडौंमा आएको छ । भारतिय गायक तथा काँग्रेस आईका नेता सिद्धु मुसेवालाको हत्यारा खोज्न ‘दिल्ली स्पेशल सेल’को टिम काठमाडौंमा आएको नेपाल प्रहरीका एकजना उच्च अधिकारीले बताए ।

गत आईतबार पञ्जावी गायक तथा कांग्रेस आईका नेता मुसेवालाको पञ्जावको मनासा जिल्ला स्थित जवाहरेक गाउँमा हत्या भएको थियो । २८ वर्षीय मुसेवालालाई आक्रमणकारीहरुले ३० राउण्ड गोली हानेका थिए । गोली प्रहारबाट घाइते मुसेवालाको अस्पतालमा मृत्यु भयो ।

दिल्लीबाट आएको टिमसँग नेपाल प्रहरीको विशेष ब्यूरोका अधिकृतहरूले सहकार्य गरिरहेका छन् । विशेष ब्यूरो प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको प्रत्यक्ष मातहतमा परिचालित हुन्छ ।

मुसेवालाको हत्याको जिम्मा लरेन्स बिश्रोई ग्याङस्टारले लिएको छ । हत्यामा संलग्न आरोपीहरु नेपाल आएर लुकेको सुराकिको आधारमा स्पेशल सेलको टिम काठमाडौंमा आएका हुन ।

यहाँ कमेन्ट गर्नुहोस्