१३ बैशाख २०८१, बिहिबार
Tags

१००१ थान विभिन्न किसिमको विरुवा रोपेर मनाईयो विश्व वातारण दिवस

राजेश कुमार शर्मा आइतबार, जेठ २२, २०७९

जनकपुर / विश्व वातारण दिवसको अवसरमा मधेश प्रदेशको राजधानी जनकपुरमा १ हजार १ थान विभिन्न किसिमको बिरुवाहरू रोपी वृक्षारोपण गरेर मनाएको छ ।

बिश्व वातावरण दिवसको अवसरमा उधोग पर्यटन तथा वन मन्त्रालय, प्रदेश वन निर्देशनालय र डिभिजन वन कार्यालय धनुषाको संयुक्त आयोजना र जनकपुरधाम वन प्राबिधिक समाज तथा मिथिला वाइल्ड लाइफ ट्रष्टको सह आयोजनामा हरिकुंज साथ.व. धनुषाधाम न.पा.४ को जगदर नदी उकास क्षेत्रमा वृक्षारोपण गरी रोपण मनाइएको छ ।

सचिव बिशाल घिमिरेको अध्यक्षता, माननीय मन्त्री शत्रुधान महतो को प्रमुख आतिथ्यता र मिथिला न.पा. को मेयर महेन्द्र महतोको बिशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा जामुन, अर्जुन, शिशौ, सिरिस, बर, पिपल, टिक, रुद्राक्ष समेतको १००१ विरुवा रोपण गरिएको छ । निर्देशक जगन्नाथ प्रसाद जायसवाल को स्वागत मन्तव्य, डि.एफ.ओ. सुनील कर्णा ले कार्यक्रम बारे र सुरेश शर्माले दिवशको महत्व संगै वन वातावरण र वृक्षारोपणको महत्व बारेमा जानकारी गराउनु भएको थियो । मोनास्टिक हाईयार सेकेण्डरी इंग्लिस बोर्डिङ्ग स्कुल, जनकपुर न्यू विज़न स्कूल जनकपुरधाम र सुपर सेंस स्कूल धारापानीको बिधार्थी, शिक्षक शिक्षिका तथा प्रिंसिपल बिश्वालाल सिंह स्थानीय उपभोक्ता, जनप्रतिनिधि भद्रभलादमी र पर्यावरण अभियानका अभियन्ताहरु संगै वनबिज्ञहरुको बृहद उपस्थितिमा भब्यताका साथ सम्पन्न भएको छ ।

सहभागीहरुले वन वातावरणको संरक्षण गर्न हरियाली अभिवृद्धि गरी वन संरक्षणमा योगदान गर्ने, जन्मदिन बार्षिकोत्सवमा वृक्षारोपण गर्ने पानीको दुरुपयोग नगर्ने, प्लाष्टिक पोलिथिन कम भन्दा कम प्रयोग गर्ने जस्ता प्रतिबद्धता व्यक्त गरेका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित