१४ बैशाख २०८१, शुक्रबार
Tags

दुई बिओपी द्वारा दुई ठाउ बाट दुई जना हुन्डी कारोवारी पक्राउ

Ranbhumi सोमबार, बैशाख २०, २०७८

बिराटनगर / सिमा सिल रहेको बेला सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति रहदा रहदै पनि पनि हुन्डी कारोवार गर्ने कारोवारीहरु भारती बाट सुरक्षाकर्मीको आखा छली नेपाल आउने क्रम्मा आईतवार राती दुई अलग अलग ठाउको सशस्त्र प्रहरीको डिउटी टोलीले एकै तरिकाले ल्याईरहेको नगद रकम सहित दुई जनालाई नियंत्रणमा लिएका छन ।

भारतको जोगबनी नजिक रहेको सिमावर्ती एरिया बिराटनगरको १६ मा पर्ने दरैया बस्ती को बाटो भएर रातीको ९ बजेको समयमा बिराटनगर १५ हडताली हाट बस्ने वर्ष १८ को अभिषेक चौधरीलाई भारतबाट नेपालतर्फ साईकलमा आउने क्रममा सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट रानीको टोलिले शंका लागि चेक गर्दा चौधरले लगाएको पेन्ट भित्र नलि खुट्टामा नी-क्याप भित्र लुकाई राखेको नेपाली रुपैयाँ ६ लाख ५० हजार रुपैया सहित नियन्त्रणमा लिई सोमवार बिराटनगर भन्सार कार्यालयमा बुझाएको छ।

त्यसैगरी सोही समयमा बिराटनगर १६ दरैया बाटै पहिले पक्राउ परेको ठाउ भन्दा केही पर सशस्त्रकै बोर्डर आउट पोस्ट दरैयाको डिउटी टोलीले बिराटनगर १६ बस्ने वर्ष २३ को अमोद यादवलाई एउटै तरीका बाट ल्याईरहेको नगद रकम रु ५ लाख नगद रुपैया सहित पक्राउ गरी भन्सार दाखिला गरिएको सशस्त्र प्रहरीले बताएका छन ।

सीमावर्ती ईलाकामा यसरी एकै तरिका अपनाई लुकाएर ल्याउदै गरेको पैसा फेला पर्नु पेशेवर क्यरियरको प्रयोग गरि सुरक्षाकर्मीको आँखा छल्न खोजेका ब्याक्तीहरु एकै समुहका सदस्य हुनसक्ने अनुमान सशस्त्र प्रहरीले गरेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्