०७ बैशाख २०८१, शुक्रबार
Tags

विभिन्न किसिमको लागुऔषध सहित एक जना जोगबनीमै पक्राउ

रणभूमी डेस्क शुक्रबार, जेठ २७, २०७९

जोगबनी / जोगबनीमा सीमा सुरक्षा बल एसएसबीले विभिन्न लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

एसएसबी ५६ औं वाहनी को जोगबनी क्याम्पका जवानले शुक्रबार भारत–नेपाल खुला सिमाना जोडिएको टिकुलिया नजिकै विभिन्न प्रकारका लागुऔषधसहित एक युवकलाई पक्राउ गरेका छन् । पक्राउ परेका युवा जोगबनी इन्दिरा नगर वार्ड १० बस्ने उमेश प्रसाद को छोरा चन्दन कुमार रहेका छन् । गोप्य सूचनाका आधारमा यो पक्राउ गरिएको बीओपी इन्चार्ज कुलदीप कुमारले बताए । बरामद गरिएका सामानमा विभिन्न प्रकारका लागुऔषध ट्याब्लेट र सुई ११ सय ८४ थान रहेका छन् । त्यसलाई नियन्त्रणमा लिई उक्त कार्यमा संलग्न अभियुक्तलाई जोगबनी प्रहरीको जिम्मा लगाइएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्