१६ चैत्र २०८०, शुक्रबार
Tags

विराटनगरमा सि.जी. ब्राण्डको भव्य डिजिटल शोरुम ७ वर्षीय बालकको हाथ बाट उद्घाटन

रणभूमी डेस्क शनिबार, जेठ २८, २०७९

विराटनगर / चौधरी ग्रुपको उत्पादन सि.जी. ब्राण्डको इलेक्ट्रोनिक्स सामग्रीहरुको डिजिटल शोरुम विराटनगरमा सञ्चालन भएको छ ।

जेनिथ स्मार्ट डिजिटलले सञ्चालन गरेको विराटनगर -७ स्थित धरान रोडमा भाट भाटेनि अगाडी रहेको डिजिटल शोरुम शनिवार विहान सात वर्षीय बालकको हाथ बाट उद्घाटन गरिएको हो ।

विदेशी इलेक्ट्रोनिक्स उत्पादन भन्दा स्तरीय स्वदेशी उत्पादन सि.जी. ब्राण्डको अहिले बजारमा माग बढिरहेको बेला जेनिथ स्मार्ट डिजिटलले विराटनगरमा सि.जी. ब्राण्डको सबै किसिमको इलेक्ट्रोनिक्स सामग्रीहरू एकै ठाउँमा पाउने शुपथ मूल्यको डिजिटल शोरुम सञ्चालनमा ल्याएको हो ।

सि.जी. ब्राण्डको सबै किसिमको इलेक्ट्रोनिक्स सामग्रीहरू स्तरीय हुनुका साथै काम विद्युत खपत हुने र किफायती पनि भएको जेनिथ स्मार्ट डिजिटलको संचालक संजय शाहले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्