१३ बैशाख २०८१, बिहिबार
Tags

जोगबनीमा अलपत्र परेका १२ जना नेपालीको उद्धार

Ranbhumi मंगलबार, बैशाख २१, २०७८

बिराटनगर / कोरोना भाईरस कोबिड-१९ को दोश्रो लहर सुरु भएपछी भारतमा काम गर्ने नेपालीहरु आफ़्नै देश फ़र्किने क्रम्मा भारत नेपाल सिमामा अलपत्र परेका नेपाली नागरिकहरुलाई बिराटनगर १५ निवासी एक समाजसेवीले सहारा दीइ रातीको समयमा बस्ने र खाने प्रबन्ध मिलाएका छन ।

महामारी बाट ज्यान जोगाई भारतको विभिन्न ठाउहरुमा काम गर्ने पस्चिम रुकुम घर भएका १२ जना नेपाली नागरिकहरु जोगबनीमा अलपत्र भैइ नेपाल फ़र्किन प्रतिक्षारत रहेका बेला ति व्यक्तिहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट रानी को सशस्त्र प्रहरी निरिक्षक मौसम पोखरेलको पहलमा जिल्ला प्रशासन कार्यालय मोरङ्गको प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाको आदेश अनुसार नेपाल भित्र्याईसकेपछी राती साढे १० बजेको समयमा बिराटनगर १५ निवासी एक समाजसेवीले उद्धार गरी खाने बस्ने प्रबन्ध मिलाएका हुन ।

चर्चा पाउनु भन्दा पनि निश्वार्थ सेवामा आस्था राख्ने उक्त समाजसेवीले आफ़्नो नाम सार्वजनिक नगरी मात्र सेवाको भावनाले केही नेपाली दाजुभाई को दुख:मा सहभागी भएको र हुने सहयोग गरेको सप्रनी पोखरेलले बताउनुभयो । साथै भोली बुधवार सबैजनाको स्वास्थ्य परीक्षण गराई गन्तब्य तर्फ़ पठाउने बताउनुभयो ।

यहाँ कमेन्ट गर्नुहोस्