१४ बैशाख २०८१, शुक्रबार
Tags

‘वर्षौ पछि’ गित विराटनगरबाट सार्वजनिक

रणभूमी डेस्क शनिबार, आषाढ ११, २०७९

विराटनगर / संगीत संरक्षणका लागि
विराटनगरमा शनिबार ‘वर्षौ पछि’ नामक एकल गीत विमोचन गरी सार्वजनिक गरिएको छ ।

विराटनगरको महिमा र यथार्थ समेटिएको सो गीतमा धिरज सापकोटा र अनमोल मुरारीको संगीत, शब्द र गायन रहेको छ । एक कार्यक्रमबीच नेपाली चलचित्रका कलाकार नायक पुष्प श्रेष्ठ, चलचित्रका गायक रामा मण्डल, विराटनगर वडा नं १० का वडाअध्यक्ष अर्जुन गिरी र नाट्यकर्मी भरत गुरागाईले संयुक्त्त रुपमा गीतको लोकापर्ण गरे ।

विराटनगरको विशेषता, रहन सहन, खानपान र साथीबीचको निस्वार्थ मित्रवत व्यवहार र दैनिक क्रियाकलापलाई गीतमा समेटिएको बताइयो । सापकोटा चलचित्र घामछाँयाका नायक हुन् भने मुरारीले टेलिसिरियलको निर्माण गरिसकेका छन् । आफू भित्र लुकेर रहेको प्रतिभा प्रस्फुटन गराउनुका साथै संगीत क्षेत्रको संरक्षण र सम्वद्र्धनका लागि गीत सार्वजनिक गरेको सापकोटा र मुरारीले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्