१५ चैत्र २०८०, बिहिबार
Tags

गरिब मृतकको अन्तिम संस्कार र परिवारलाई सहानुभूतिको निम्ती विराट समाजको निस्वार्थ सहयोग

Ranbhumi बिहिबार, बैशाख २३, २०७८

गरिब मृतकको अन्तिम संस्कार र परिवारलाई सहानुभूतिको निम्ती विराट समाजको निस्वार्थ सहयोग

बिराटनगर / आर्थिक अभावका कारण आफन्तको दाहसंस्कार गर्न कठिनाई भईरहेको परिवारलाई विराट समाज विराटनगरले सहयोग गरेको छ ।

आर्थिक अभावकै कारण दाहसंस्कारका लागि आवश्यक पर्ने सामग्री खरिद गर्न नसक्ने परिवारलाई समाजले उक्त परिवार जन प्रति सहानभुती सहित सहयोग गर्ने निर्णय गरी सहयोग गरेको हो । केही समय अघि समाजले पत्रकार सम्मेलन गरेर आर्थिक अभावका कारण दाहसंस्कार गर्न समस्या भएका परिवारलाई सहयोगको घोषणा गरेको थियो ।
सोही क्रममा आज विराटनगर – ६ की ७० वर्षीय गोलवतीदेवी रामको दाहसंस्कारका लागि आफन्तलाई सहयोग गरेको छ । विराटनगर – ५ मा डेरा गरेर बस्दै आएकी गोलवतीको आर्थिक अवस्था दययनीय रहेका कारण दाहसंस्कार गर्न समस्या भएपछि समाजले कफनसहित ७ हजार रुपैयाँ नगद सहयोग गरेको छ । मृतक राम विराटनगर स्थित काली मन्दिर अगाडी भीख मागेर जीविकोपार्जन गर्दै आइरहेकी थिइन् । उनको दुई छोरा र एउटी छोरी छिन् । उनीहरु पनि अरुको घरमा काम गरेर जिविको पार्जन गर्दै आइरहेका छन् । आर्थिक अभावका कारण मृतक रामको शव नउठेको खबर पाएपछि सहयोग गरेको समाजका अध्यक्ष अक्षय सहनीले बताए ।

मृतक रामको दाहसंस्कार गर्न समाजमा आबद्ध युवाहरुबाट केही सहयोग रकम संकलन गरी सहयोग प्रदान गरिएको बताउनुभयो । नेपाली कांग्रेस प्रदेश नम्बर १ संसदीय दलका प्रमुख सचेतकसमेत रहनु भएका संस्थाका संरक्षक केदार कार्कीले समेत सहयोग गरेको अध्यक्ष सहनीले जानकारी दिनुभयो । संस्थाका सदस्य र संरक्षकबाट सहयोग उठाएर मृतककोे काजकिरियाका लागि थप सहयोग गर्ने समाजका सचिव सञ्जय मण्डलले जानकारी दिनुभयो । आर्थिक अभावका कारण दाहसंस्कारका लागि समस्यामा परेकाहरुलाई कफन, दाउरासहित आवश्यक पर्ने सम्पूर्ण सामग्री समाजले सहयोग गर्दै आएको सहसचिव अमृत साहले बताउनुभयो ।

 

यहाँ कमेन्ट गर्नुहोस्