१४ बैशाख २०८१, शुक्रबार
Tags

नेशनल क्यापिटल अवार्ड गीतकार पूजा मारियालाइ

राजेश कुमार भगत शनिबार, आषाढ १८, २०७९

काठाण्डौ / पुर्वकी चर्चित गीतकार पूजा मारियालाइ नेशनल क्यापिटल अवार्ड द्वारा सम्मान गरिएकोछ ।

गत असाढ १२ गते आइतबार काठमाण्डौको नेपाल प्रयोटन बोर्डमा नेशनल क्यापिटल अवार्डले आयोजना गरेको उक्त कार्यक्रममा पूजा मारियाला नेशनल क्यापिटल अवार्ड २०७८ को सर्वोत्कृष्ट गीतकार घोषित गरि उक्त अवार्डले मारियालाइ सम्मान गरिएको हो । हातमा हात मिलाउदै रास्ट्रको झण्डा फहराउदै अगाडी बढौ नेपाली शान्तिको सन्देश फैलाउदै ।

मारियाको यस गीतमा बिपिन आचार्यले संगीत दिएका थिए भने चर्चित रास्ट्रीय गायक सुमित खड्काले स्वर दिएका हुन। उक्त गीत द्वारा गीतकार मारिया नेशनल क्यापिटल अवार्ड २०७८ को सर्वोत्कृष्ट गीतकार अवार्ड द्वारा सम्मानित भएकि हुन ।

राजधानी भन्दा बाहिर बसेर डेढ दशक देखि आफ्ना कलमहरुलाइ सशक्त रुपले अगाडी बढाइ रहेकि गीतकार मारियाले यस अघि पनि थुप्रै सम्मान तथा अवार्डहरु प्राप्त गरिसकेकि छन ।

सानै उमेर देखि विभिन्न कबिता, मुक्तक तथा गीतहरु लेखेर पुरस्कृत बनिरहेकि गीतकार मारियाको हाल सम्म ५ दर्जन ज्यादा गीतहरु रेकर्डिङ भैसकेका छन ।

रास्ट्रीय भावको गीत,आधुनिक, लोक दोहोरी, लगायत बिभिन्न कलचरका गीतहरु समेत रेकर्डिङ भैसकेछन। भने दर्जनौ गीतहरुको म्युजिक भिडियो पनि बजारमा पब्लिसिटि भैसकेका छन ।

गीतकार मारिया पुर्वकि एक चर्चित गीतकार हुन। हाल सम्ममा उनले २०० ज्यादा गीतहरु कोरिसकेको बताउछिन ।

मारियाका चार वटा एल्बम पनि बजारमा आइसकेका छन, भने रास्ट्रभाबको गीती एल्बम “नेपाल आमा” मारियाको पहिलो गीति एल्बम रहेको छ ।

उनि भन्छिन साहित्य नै मेरो जिवनको गीत लेख्नु भनेको मेरो भावना छताछुल्ल पारेर पोख्नु हो, जब म भावनामा बहकिएर एउटा गीत लेख्छु तब आफुलाइ पिडा मुक्त पाउछु, रास्ट्रभावको गीत लेख्नु भनेको रास्ट्रप्रतिको मेरो भावना प्रेम ब्याक्त गर्नु हो ।

मारिया थप भावुक हुदै भन्छिन लेख्नु नै मेरो जिन्दगी हो। म चाहेर पनि यो क्षेत्र बाट अलगिन सक्दिन ।

मारियाको भर्खरै माया प्रेममा समर्पित गीत, केशब पौडेलको संगीत, बिपिन आचार्यको एरेन्जमा र चर्चित गायिका मान्डबि त्रिपाठीको भोकल मा र उक्त गीतलाइ गायक आनन्द कार्किको मेल भोकलमा तिम्रो यादमा कोरिएको गीत मेरा अमर बनुन, गुनगुनाउन सबले हाम्रै प्रीतको तारिफ गरुन बोलको गीत काठमाण्डौ को एम.बि रेकर्डिङ स्टुडियोमा रेकर्ड भैरहेको बताइन ।

यहाँ कमेन्ट गर्नुहोस्