०८ बैशाख २०८१, शनिबार
Tags

रानी(सीमा)बाट २७० थान लागुऔषध सहित एक जना पक्राउ

रणभूमी डेस्क सोमबार, आषाढ २०, २०७९

विराटनगर / भारतको जोगबनी टिकुलिया वस्तीबाट ४ प्रकारको २७० थान प्रतिबंधित लागु औषध सहित एक जनालाई इलाका प्रहरी कार्यालय रानी (सीमा)को टोली पक्राउ गरेको छ ।

विराटनगर-१६ दारैया स्थित हुलास मेटल चौकमा रानी(सीमा)को नियमित बस्ने चेक जाँच टोलीले सोमवार दिउँसो २ बजेको समयमा प्रतिबंधित लागुऔषध सहित मोरङ्ग जिल्ला पथरी शनिश्चरे नगरपालिका बस्ने वर्ष ४४ को भानु लिम्बूलाई २७० थान लागू औषध टिटी सहित प्रनानि देवपुकार यादवको नेतृत्वमा खटेको प्रहरी टोलीले पक्राउ गरी नियन्त्रणमा लिएको छ । लिम्बुको साथबाट बरामद भएको लागुऔषधहरुमा एभिल ७० एमपुल, फेनरगन् ६० एमपुल, डाईजिपाम ७० एमपुल र लुपिजेशीक ७० एमपुल गरी जम्मा २७० थान लागुऔषध फेला परेको थियो ।

पक्राउ परेका लिम्बुलाई इलाका प्रहरी कार्यालय रानी(सीमा)ले आवश्यक अनुसन्धान तथा कार्वाहीको लागि इलाका प्रहरी कार्यालय रानीलाई बुझाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्