०८ बैशाख २०८१, शनिबार
Tags

आलुको बोरा भित्रबाट सशस्त्र प्रहरीले निकाल्यो ८३ लाख ६४ हजार रुपैयाँ

रणभूमी डेस्क मंगलबार, आषाढ २१, २०७९

जनकपुर / धनुषाको सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले जनकपुरबाट आलुको बोराभित्र लुकाएको ८३ लाखभन्दा बढी नेपाली रुपैयाँ बरामद गरेको छ ।

आलुको बोराभित्र राखेर भारतबाट नेपाल ल्याउँदै गरेको स्रोत नखुलेको ८३ लाख ६४ हजार ५ सय रुपैयाँ बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक शम्भु कटुवालले बताएका छन् ।

मंगलबार ज ७ प ५००७ नम्बरको मोटरसाइकलमा बोरामा स्रोत नखुलेको रकम ल्याउने जनकनन्दनी गाउँपालिका ५ का १९ वर्षीय राजेश मण्डल र ३६ वर्षीय ईश्वर मण्डललाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्