१४ बैशाख २०८१, शुक्रबार
Tags

सुनको सिक्री घाँटीबाट थुती भाग्ने पक्राउ

रणभूमी डेस्क शनिबार, आषाढ २५, २०७९

झापा / झापाको मेचिनगर नगरपालिका १० धुलाबारी बजारमा घाटीमा लगाएको सुनको सिक्री थुती भाग्ने एक जनालाई प्रहरीले तुरुन्त पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जितपुर नगरपालिका ९ बस्ने २० बर्षीय निरज राय रहेका छन् ।

रायले शुक्रवार बेलुका साढे ६ बजे बजारमा किनमेल गरिरहेकी धुलाबारी नगरपालिका ९ बस्ने ५० बर्षीया गिता अधिकारीले घाटीमा लगाएको डेढ तोलाको सुनको सिक्री थुतेर भागेका थिए । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले तत्कालै सिक्री सहित रायलाई पक्राउ गर्न सफल भएको हो ।

पक्राउ परेका रायलाई ईलाका प्रहरी कार्यालय धुलाबारीले थप अनुसन्धान गरिरहेको १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्