१३ बैशाख २०८१, बिहिबार
Tags

रोड शेषमा ट्रकको ठक्करबाट साईकल यात्रीको मृत्यु

रणभूमी डेस्क शनिबार, आषाढ २५, २०७९

विराटनगर / बिराटनगर महानगरपालिका -१३ रोड शेष स्थित कोशी राजमार्गमा भारतीय ट्रकको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी बर्जु गाँउपालिका २ अमडुवा फारम का ४५ बर्षीय सनेन्दर राय रहेका छन् ।

शुक्रवार बेलुका साढे ७ बजे उत्तरबाट दक्षिण तर्फ जादै गरेको डब्ल्यु बि २३ बि ४९६१ नम्बरको ट्रकले सोही दिशा तर्फ जादै गरेको साईकल यात्रीलाई ठक्कर दिदाँ गम्भिर घाईते भएका रायको उपचारको लागी कोशी अस्पताल पुर्याउन साथ मृत्यु भएको थियो ।

ट्रक र चालकलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

यहाँ कमेन्ट गर्नुहोस्